२४ घण्टामा १६८० ले ‘जिते’ कोरोना

लोकखबर
२३ आश्विन २०७७, शुक्रबार १६:३९

मकवानपुर । पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

 

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ रहेको थियो ।

मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*