मकवानपुरका थप ४२ जनालाई कोरोना

लोकखबर
२६ आश्विन २०७७, सोमबार ०७:३०

मकवानपुर । मकवानपुरका थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार (आज) विहान सार्वजनिक रिर्पोट अनुसार हेटौंडा उपमहानगरपालिकाका २९ र बागमती गाउँपालिकाका १३ जना गरी ४२ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार संक्रमित हुनेमा १७ महिला र २५ पुरुष रहेका छन् ।

असोज २३ गते संकलन गरिएको १ सय २० जनाको स्वाबको रिर्पोट आज विहान सार्वजनिक भएको हो ।

संक्रमित हुनेमा हेटौंडा १ का दुई जना महिला र पाँच जना पुरुष गरी ७ जना, हेटौंडा ३ का एक जना पुरुष, हेटौंडा ४ का ६ जना पुरुष, ६ जना महिला गरी १२ जना, हेटौंडा ५ का एक जना पुरुष, हेटौंडा १० का एक जना महिला, हेटौंडा ११ का एक जना महिला र तीन जना पुरुष गरी ४ जना, हेटौंडा १२ का एक जना महिला, हेटौंडा १६ का एक जना महिला, हेटौडा १७ का एक जना पुरुष रहेका छन् ।
यस्तै, बागमती गाउँपालिका २ का एक जना महिला र ३ जना पुरुष गरी ४ जना, बागमती ४ का एक महिला र एक पुरुष गरी २ जना, बागमती ५ का एक पुरुष र एक महिला गरी २ जना, बागमती ६ का एक महिला र ३ जना पुरुष गरी ४ जना, बागमती ८ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*