अब हाम्रो पालो : प्रसाई

मकवानपुर ।सचेत नेपाली पार्टीका केन्द्रिय संयोजक पुन्य प्रसाईले पुरोने दलहरुले काम गर्न सकेनन् अब हाम्रो पालो देशलाई ७ वर्षमा समृद्ध बनाउछौं भन्दै मन्तब्य ब्यक्त गरेका छन् ।ह्टौंडामा भएको सचेत नेपाली पार्टीको तदर्थ समिति गठन कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
शनिवार भएको सचेत नेपाली पार्टी मकवानपुर जिल्ला तदर्थ समिति भेलामा प्रमुख अतिथिका रुपमा रहेका प्रसाईले अहिलेका दल र दलका नेताहरुले गर्दा विश्वमा नेपाल २०० वर्ष पछि धकेलिएको बताए ।
देश दलाल र माफियाहरुले कव्जा गरेकाले देशको विकास हुन नसकेको उनको भनाई रहेको थियो ।
शनिवार सचेत नेपाली पार्टीको मकवानपुर तदर्थ समिति पनि गठन भएको छ । जसमा संयोजक अर्जुन पाठक,सहसंयोजक पुस्कर कँडेल,प्रवक्ता मुक्तिनाथ पुडासैनी, सदस्यहरुमा कृष्ण बहादुर खड्का , नारायण पोखरेल , भाइकाजी कार्की , छेगुन तामाङ , अविनास अधिकारि , निराजन कोइराला , सुजित घिमिरे , हरि प्रसाद दंगाल , हर्क बहादुर तामाङ , इमेस देबकोटा , शेखर मोक्तान , विरेन्द्र कुमार तामाङ , अनिल तामाङ , प्रताप सिङ रुम्बा चयन भएका छन् ।
कार्यक्रममा केन्द्रिय लिडर जन्जित तामाङ, गजेन्द्र चौधरी,अच्युतम लामिछानेले मन्तव्य ब्यक्त गरेका थिए ।