संक्रमणमुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भए ट्रम्प

लोकखबर
२७ आश्विन २०७७, मंगलवार ११:४१

मकवानपुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमण मुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भएका छन् ।

ह्वाइट हाउस फिजिसियन डा. शन कन्लीका अनुसार स्थानीय समय अनुसार सोमबार बेलुका ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनी १२ दिनपछि संक्रमण मुक्त भएका हुन् । कोरोना भाइरसबाट मुक्त भएसँगै उनी फ्लोरिडाको सनफोर्डमा चुनावी र्‍यालीमा सहभागी भएका छन् ।

उक्त सभालाई सम्बोधन गर्दै ट्रम्पले आफू रोग प्रतिरोधी भएको बताएका छन् । उनले भने,’म रोगप्रतिरोधी भए, अब मलाई भाइरसले आक्रमण गर्दैन ।’

अक्टोबर १ मा ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फ्लोरिडाको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाए । उनले सञ्चारमाध्यम पनि पक्षपाती भएको बताएका छन् । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*