प्रचण्डको सचिवालयले भन्यो- कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भयो

लोकखबर
२७ आश्विन २०७७, मंगलवार १६:०९

मकवानपुर ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्ततः असफल भएको बताएको छ ।

सचिवालयमा रहेकी प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेतृत्वले देखेको एकताको सपना साकार पार्ने सबैलाई धन्यवाद पनि दिएकी छन् ।

आइतबार प्रदेशसभाका १८ सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेश संसदीय दलका बहुमत सदस्यहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि शाही अप्ठ्यारोमा परेका थिए ।

माधव नेपाल समूहलाई तीन मन्त्री र एक सचेत दिनेगरी सहमति जुटेपछि शाहीको पद थमौती भएको छ । यो सँगै कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्त्य भएको दाहालले बताएकी हुन् ।

“कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको छ । पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भूमिका खेल्नुहुने सम्पूर्ण कमरेडहरूलाई बधाई छ,” उनले लेखेकी छन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*