ओली-प्रचण्ड छलफल : कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित पार्टीका पदाधिकारीसँग बिहीबार छलफल गर्ने
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । छलफलमा ठोस रूपमा कुनै सहमति नभए पनि कर्णाली प्रदेश संसदीय दलका दुवै पक्षलाई बोलाएर छलफल गर्ने निष्कर्ष निकालेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
बिहीबार प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत असन्तुष्ट पक्षहरूसँग छलफल गरेर निचोड निकाल्ने समझदारी भएको उनले बताए ।
योसँगै पार्टी अध्यक्ष ओलीले अविश्वासको प्रस्तावलगायत अरू प्रक्रिया अघि नबढाउन आफूनिकटका सांसदलाई निर्देशन दिइसकेका छन् । नेता नेपाल पक्षले त प्रचण्ड पक्षसँग सहमति नै गरिसकेको छ ।बाह्रखरी डटकमबाट