मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

लोकखबर
२०७७ आश्विन २८, बुधबार ११:१८

मकवानपुर । मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–३ बाँसबारीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको बुधबार बिहान १२:२० बजे मृत्यु भएको अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

ती पुरूषलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन आइसोलेसनमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको