उपत्यकाका शक्तिपिठहरु कात्तिक १ देखि खुल्ने

लोकखबर
२०७७ आश्विन २८, बुधबार १२:१२

मकवानपुर ।कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवी-देवताका शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् ।

काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशेदेवीलगायत शक्तिपिठ कात्तिक १ गतेदेखि खुल्ने भएका हुन् । दसैंका बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् ।

मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समिति सचिव राजाराम कपालीले दसैंका बेला विशेष पूजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए । विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुला गरिनुपर्ने बताए । तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए । तर पनि स्थानीय भक्तजनकोआग्रहमा कात्तिक १ देखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुला गरिने उनको भनाइ छ । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए ।

कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजाबाहेक सबै गतिविधि बन्द गरिएका छन् ।

अन्य क्षेत्रलाई खुला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुला गर्ने निर्णय गरिसकेको छैन । तर अधिकांश मन्दिरहरु कात्तिक १ देखि सीमित रुपमा भए पनि खुला गर्ने तयारीमा जुटेका छन् ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको