प्रतिनिधिसभा सांसद सानु सिवा पहाडीको निधन

लोकखबर
२८ आश्विन २०७७, बुधबार १२:३४

मकवानपुर । लामो समयदेखि मिर्गौला र मुट रोगबाट पीडित प्रतिनिधिसभाका सांसद सानु सिवा पहाडीको निधन भएको छ ।

उनको बुधबार बिहान निधन भएको जनसांस्कृतिक महासंघका सदस्य माधव प्रधानले जानकारी दिए । पहाडी लामो समयदेखि जनसांस्कृति महासंघमा आबद्ध रही गीति यात्रामा पनि थिइन् । ताप्लेजुङमा जन्मिएकी उनले तत्कालीन एमाले छँदा पहाडी एकल गीति यात्रा गरेको प्रधानको भनाइ छ ।

केही वर्षअघि उनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपण पनि गरिएको थियो । त्यसपछि मुटको रोग थपिएको प्रधानले बताएका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*