६७ बर्षीय अनुप जलौटाको विवाह ३० बर्षीया आफ्नै शिष्यासँग ?

लोकखबर
२०७७ आश्विन २८, बुधबार १२:५८

मकवानपुर । भारतीय भजन सम्राट अनूप जलोटा प्राय खबरमा छाइरहन्छन् । यस पटक भने उनी आफ्नी शिष्या अर्थात जसलीन मथारूसंगको विवाहको चर्चाका कारण खबरमा छन् ।

हालै सामाजिक सञ्जालमा अनुप र जसमिनको विवाह पोसाकको फोटो भाइरल बनेको छ । फोटो भाइरल भएसंगै आधुनिक पोसाक र रहनसहनमा रमाउने ३० बर्षिय जसलीन र संस्कारी छबि बनाएका सास्कृतिक पोसाक मात्र लगाउने ६७ बर्षिय अनुपको विवाहको खबरले निकै चर्चामा छ ।

तर विवाहको बिषयमा अनुपले भने खण्डन गरेका छन् । अनुपले जसलीनसंग विवाहको चर्चा झुटो भएको बताएका छन् । उनका अनुसार धोतीकुर्ता लगाएर भक्ति भजन गाउने उनी र आधुनिक पहिरन लगाउने जसलीनको म्याच हुदैन । यसलाई उनको परीवार र नातेदारले उचित मान्दैनन् । त्यसैले उनिहरुबीच विवाह हुने कुनै संभावना छैन । अनुपले जसलीनसंग विवाहका निम्ती आफु ३५ बर्षको भएपनि तयार नरहेको बताए ।

भाइरल फोटोको बिषयमा अनुपले वो मेरी स्टुडेन्ट है नामक फिल्मको रहेको बताएका छन् । जहाँ अनुप जसलीनको पिताका भुमिकामा थिए । अनुप र जसलीनको प्रेमको चर्चा चलेको यो पहिलो पटक भने होइन, बिगबोसमा रहँदा दुबैको चर्चा निकै थियो ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको