कर्मचारीलाई कोरोना संक्रमणपछि नेपाल पर्यटन बोर्ड बन्द, ट्रेकिङ परमिट भने ४ दिनसम्म खुला गरिने
मकवानपुर । नेपाल पर्यटन बोर्डका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रेकिङ परमिटबाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरुको प्रत्यक्ष सम्पर्कमा अन्य कर्मचारी पनि रहेको देखिएकाले कार्यालयको निर्मलीकरण तथा कोभिड १९ को परिक्षण गर्न अर्को सूचना जारी नभएसम्म बोर्डबाट हुने सबै सेवा बन्द गरिएको जारी विज्ञप्तिमा जनाएको छ ।
बोर्डले २८ गतेदेखि ४ दिनसम्मका लागि ट्रेकिङ परमिट सेवा भने दिने जनाएको छ । प्रदर्शनी मार्गस्थित बोर्डको कार्यालयमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।बाह्रखरी डटकमबाट