ओली-प्रचण्ड आज पनि छलफल, ठोस निष्कर्ष निस्किएन

लोकखबर
२८ आश्विन २०७७, बुधबार १४:०५

मकवानपुर ।पार्टी कर्णाली संसदीय दलमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफल गरेका छन् ।

बालुवाटारमा भएको छलफलमा ठोस निष्कर्ष ननिस्किएको र नियमित कुराकानी मात्रै भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ । बिहीबार दुवै अध्यक्ष बसेर छलफल गर्ने कार्यसूची छ ।

त्यसपछि मात्रै यो समस्या किनारा लाग्ने बालुवाटार स्रोत बताउँछ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*