कोरोना महामारी प्रभावितलाई राहत वितरण

लोकखबर
२८ आश्विन २०७७, बुधबार १४:१६

मकवानपुर । शहीद स्मारक बि डिभिजन क्लब बाँसबारीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

बुधबार बिहान बासबारीले लायन्स क्लबसँग मिलेर महामारीबाट प्रभावित २ सय परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

सहयोग पाउनेमा खेलाडीहरु समेत रहेको बताइएको छ ।

क्लबले सहयोगमा प्रति परिवार करिब १४ सय रुपैयाका दरले सहयोग गरेको हो । जसमा ८ केजी चामल, ३ केजस् दाल, एक लिटर तेल, २ केजी चिउरा, मसेउरा, नुन लगायत खाद्यान्न वितरण गरेको हो ।

‘लामो समयदेखि कोरोना महामारी कायम रहेकाले बाँसबारी क्षेत्रमा बसोबास गर्ने प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं,’ नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक समेत रहेका बासबारी क्लबका उपाध्यक्ष मधुसुदन उपाध्यायले बताएका छन् ।

यस्तै, क्लबले साबुन, मास्क र स्यानिटाइजर समेत सहयोग गरेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*