ब्राजिलका लागि अन्तर्राष्ट्रिय गोलकर्तामा पेले पछि नेयमार
मकवानपुर । विश्व चर्चित फुटबलर नेयमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको दोस्रो स्थानमा उक्लिएका छन् । मंगलबार राति भएको २०२२ विश्वकप छनोट अन्तरगत पेरु विरुद्धको खेलमा ह्याट्रिक गरेका नेयमार दोस्रो स्थानमा उक्लिएका हुन् ।
ब्राजिलले पेरुलाई ४–२ गोलले हराएको खेलमा पेरिससेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले ह्याट्रिक पुरा गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ६४ पुर्याएका हुन् । यसअघि उनीभन्दा माथि रहेका रोनाल्डिन्होलाई पछि पार्दै माथि उक्लिएका हुन् ।
ब्राजिलका लेजेन्ड पेलेले आफ्नो करियरमा खेलेका ९२ खेलमा देशका लागि ७७ गोल गरेका थिए । तर, २८ वर्षिय नेयमारले १ सय ४ खेल खेल्दै गोल संख्या ६४ पुर्याएका छन् ।
सक्रिय खेलाडीका रुपमा सबैभन्दा बढी गोल गर्नेमा पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो छन् । उनले १०१ गोल गरेका छन् ।खबरहब डटकमबाट