विश्वभर एकै दिन ३ लाख ८१ हजारमा संक्रमण, ६ हजारको मृत्यु

लोकखबर
२९ आश्विन २०७७, बिहीबार १०:५१

मकवानपुर । विश्वभर ३ करोड ८७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ४६६ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ४३ हजार ८६४ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ९१ लाख २३ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८३ जनाको मृत्यु भएको छ । योसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९६ हजार ८७६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८१ लाख ५० हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७३ लाख ५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ४१ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३४ हजार जनाको मृत्यु भएको छ । ६४ लाख ३ हजार ८१९ जना संक्रमित भएकोमा ३० लाख ९५ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*