ट्रम्पका कान्छा छोरामा पनि कोरोना संक्रमण

लोकखबर
२९ आश्विन २०७७, बिहीबार १०:५८

मकवानपुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्पमा पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।

प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले भने संक्रमण मुक्त भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी संक्रमणमुक्त भइसक्दा पनि संक्रमण भएको सार्वजनिक गरिएको थिएन ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् ।

संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा ८१ लाख ५० हजारभन्दा बढीमा संक्रमण भएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*