सिरहाका ४५ उद्योगको दर्ता खारेज

लोकखबर
२९ आश्विन २०७७, बिहीबार ११:०५

मकवानपुर । घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६र७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ ।

लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत नगरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय लहानले ४५ वटा उद्योगको दर्ता खारेज गरेको जनाएको छ ।

दर्ता गराएर पनि लामो समयसम्म नवीकरण नगराउने र कुनै कारोबार नगर्ने उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०७६र७७ मा सो कार्यालयमा एक हजार १४४ नयाँ उद्योग दर्ता भएको र ४४५ उद्योगको नवीकरण गरिएको समेत प्रमुख यादवले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७५र७६ मा सो कार्यालयले ३० उद्योगको दर्ता खारेज गरेको थियो ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*