फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री सहयोग
मकवानपुर । मनघरी फाउन्डेसन नेपाल काठमाडौंले विभिन्न क्षेत्रका लागि स्वास्थ्य सामग्री बाँडेको छ ।
नेपाल पत्रकार महासंघ सल्यान, स्वास्थ्य सेवा कार्यालय सल्यानलाई, जिल्ला जनस्वास्थ्य कार्यलय रुकुम र नेपाल पत्रकार महासंघ रुकुमलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । स्वास्थ्य सेवा कार्यालयलाई पीपीई सेट, फेससिल्ड र नेपाल पत्रकार महासंघलाई प्रेस ज्याकेट, स्यानिटाइजर तथा फेससिल्डलगायत सामग्री सहयोग गरेको फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए ।
थापाका अनुसार फाउन्डेसनले यसअघि पनि कर्णाली प्रदेशको दैलेख, सुर्खेत, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुम (पश्चि) लगायत डोटीमा पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।बाह्रखरी डटकमबाट