उपत्यकामा मात्रै ११ सय प्रहरी कोरोनाका सक्रिय संक्रमित, देशभर ५३२९ पुगे

लोकखबर
२९ आश्विन २०७७, बिहीबार १२:४४

मकवानपुर । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय २९ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकाकै ११ सय ६ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयका ३ सय ६५ र उपत्यकाका ७ सय ४१ गरी ११ सय ६ जना सक्रिय संक्रमित छन् ।

हालसम्म २ हजार ८५ जना उपचाररत छन् भने ३ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा १५० जना, प्रदेश २ मा ८५ जना, वाग्मती प्रदेशमा १७४ जना,गण्डकी प्रदेशमा १९५ जना, लुम्बिनी प्रदेशमा २०५ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*