सुदूरपश्‍चिममा सक्रिय संक्रमित १३ सय पुगे, ७ हजार डिस्चार्ज

लोकखबर
२०७७ आश्विन २९, बिहीबार १३:०५

मकवानपुर ।सुदूरपश्‍चिम प्रदेशमा कोरोना सक्रिय कोरोना संक्रमितको संख्या १३ सय पुगेको छ । बुधबार(हिजो) ९१ जना थपिएसँगै सक्रिय सक्रिमितको संख्या १३ पुगेको हो । सक्रिय संक्रमितमा कैलालीका मात्रै ७ सय २५ जना छन् । यस्तै अछामका ६९ जना, बैतडीका ५३ जना, बझाङका १२५ जना, बाजुराका ६ जना, डडेल्धुराका ३९ जना, दार्चुलाका ८४ जना, डोटीका ७५ जना र कञ्‍चनपुरका १२३ जना सक्रिय संक्रमित छन् ।

हालसम्म ६ हजार ९ सय ७५ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्‍चिममा कोरोना संक्रमणका कारण हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको