नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

लोकखबर
३० आश्विन २०७७, शुक्रबार ११:१२

मकवानपुर । मोरङको विराटनगरका एक संक्रमित वृद्धको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका- ३ बुद्ध चोकका कोरोना संक्रमित ६५ वर्षीय वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ३ बजे मृत्यु भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो ।

श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले बताए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*