सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर
मकवानपुर । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । हिजो (बिहीबार) को तुलनामा आज (शुक्रबार) तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ भने तोलाको १२ सय रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।बाह्रखरी डटकमबाट