उपत्यकामा कोरोना संक्रमित संख्या ४९ हजार ५३८ पुग्यो

मकवानपुर । राजधानी उपत्यकामा कोरोना संक्रमितको संख्या ४९ हजार ५३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा सक्रिय संक्रमितको संख्या १९ हजार ८२७ जना छन् । कोरोना निको हुने संख्या भने २९ हजार ४८४ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२७ जना पुगेको मन्त्रालयको तथ्यांक छ ।
काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ४० हजार ७१ जना पुगेका छन् । जसमा संक्रिय संक्रमित १५ हजार ९०१ जना छन् । काठमाडौंमा कोरोना निको हुनेको संख्या २४ हजार १९ जना र कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५१ पुगेको मन्त्रालयले जनाएको छ ।
भक्तपुरमा तीन हजार ९०३ संक्रमित छन् । जसमा संक्रिय संक्रमित एक हजार ३८६ जना छन् भने निको हुनेको संख्या दुई हजार ४८४ जना छन् । मृत्यु हुनेको संख्या भने ३३३ पुगेको छ ।
ललितपुरमा कोरोना संक्रमितको संख्या पाँच हजार ५६४ जना पुगेको छ । निको हुनेको संख्या दुई हजार ९८१ जना छ। यस्तै संक्रिय संक्रमितको संख्या दुई हजार ५४० पुगेको छ । मृत्यु हुनेको संख्या भने ४३ छ ।
देशैभर कोरोना संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । जसमा ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ ।बाह्रखरी डटकमबाट