‘रोनाल्डोले कोरोना भाइरस प्रोटोकलको उल्लंघन गरे’

लोकखबर
३० आश्विन २०७७, शुक्रबार १२:४७

मकवानपुर । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसको प्रोटोकल उल्लंघन गरेका छन् । उनी कोरोना संक्रमण भए पनि इटाली फर्किएपछि कोरोना भाइरसको प्रोटोकल उल्लंघन गरेको इटालीका खेलकुदमन्त्री भिन्सेन्जो स्पादाफोराले बताएका छन् ।

पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डोले कोरोना भाइरस संक्रमणका कारण नेसन्स लिगमा स्विडेनविरुद्धको खेल गुमाएका थिए । राष्ट्रिय टोलीबाट बाहिर भएपछि रोनाल्डो बुधबार साँझ आफ्नो सेरी ए क्लब युभेन्टस् पुगेका थिए । कोरोना संक्रमणका बेला आइसोलेसनमा बस्नुपर्ने अवस्थामा रोनाल्डो कोरोना भाइरस प्रोटोकल तोड्दै टुरिन पुगेको स्पादाफोराले बताएका छन् । रोनाल्डोलाई टुरिन पुर्‍याउन क्लबले सहयोग गरेको स्पादाफोराले आरोप लगाएका छन् ।

खेलमन्त्री स्पादाफोराले रोनाल्डोलाई टुरिन यात्राका लागि अनुमति कसैले पनि नदिएको दाबी गरेका छन् । उनले यस विषयको सम्झौताबारे आफू अनविज्ञ रहेको पनि बताएका छन् । स्पादाफोराले भने, “स्वास्थ्य अधिकारीहरूबाट बिनाअनुमति उनी टुरिन पुगेका छन् । उनले कोरोना भाइरस प्रोटोकोलको उल्लंघन गरेका छन् ।”बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*