गायक कुमार सानुलाई कोरोना संक्रमण
मकवानपुर । बलिउडका चर्चित गायक कुमार सानु कोरोना भाइरसबाट संक्रमित भएका छन् । १४ अक्टोबरमा परिवार भेट्न लस एन्जलस जान परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको हो । जसकारण उनले परिवारसँग भेटघाटको योजना रद्द गर्नुपर्यो ।
उनको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै बीएमसीले उनी मुम्बईस्थित उनी बसिरहेको फ्लोर सिल गरिसकेको छ । लकडाउनमा पनि काममै व्यस्त रहेका उनी पछिल्लो नौ महिनादेखि परिवारसँग भेटेका छैनन् । गायक कुमारकी श्रीमती सलोनी र छोरीहरु शैनन र ऐनाबेल अमेरिकको लस एन्जलसमा छन्, भने उनी मुम्बईमै छन् । ९ महिनापछि परिवारलाई भेट्न जान पाउँदा उनी निकै उत्साहित थिए ।
उनी २० अक्टोबरमा आफ्नो जन्मदिन परिवारसँगै बसेर मनाउन जान लागेका थिए । भने डिसेम्बरमा श्रीमतीको जन्मोत्सव मनाएर मात्रै मुम्बई फर्किने तयारीमा थिए । जुन हालको लागि रद्द भएको छ । कुमार सानुकी श्रीमतीका अनुसार यदि ८ नोभम्बरसम्म उनलाई ठीक भयो भने उनी अमेरिका जानेछन् ।बाह्रखरी डटकमबाट