धार्मिक क्षेत्रमा भिड रोक्न सुनसरीमा निषेधज्ञा

लोकखबर
३० आश्विन २०७७, शुक्रबार १५:२३

मकवानपुर । कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यसाथ सुनसरीमा चाडपर्व लक्षित निषेधाज्ञा जारी भएको छ ।

मठ-मन्दिरहरुमा हुनसक्ने भिडलाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार सूचना प्रकाशित गरी जनाएको छ ।

प्रशासनले शक्तिपिठ, मन्दिर तथा पन्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपूजाबाहेक सामूहिक रुपमा गरिने पूजामा रोक लगाइएको हो । मस्जिदमा भेला तथा जम्मा हुन, गुम्बाहरुमा भेला हुन र पूजा गर्न, भक्ति संगीत तथा भजन(कीर्तनमा पनि रोक लगाइएको हो ।

चाडपर्वमा हुने मेला जात्रा गर्न, राजनीतिक दलहरुबाट गरिने कार्यक्रमहरु सञ्चालन गर्न, शुभकामना आदनप्रदान गर्न, उद्‍घाटन र शिलान्यास गर्न पनि प्रशासनले रोक लगाएको जनाएको छ । साथै सामूहिक रुपमा भेला भएर गरिने क्रियाकलापहरुमा पनि रोक लगाएको प्रशासनको भनाइ छ ।

कोरोना संक्रमणसँगै मृत्युदर वृद्धि हुँदा जोखिम थपिएकाले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *