आईपीएलको प्ले अफ समीकरण पूरा

लोकखबर
१९ कार्तिक २०७७, बुधबार ११:४५

मकवानपुर ।आईपीएलको प्ले अफ समीकरण पूरा भएको छ ।

मंगलबार राति शीर्ष चारभित्र पर्ने अन्तिम टोलीको टुंगो लागेसँगै प्ले अफ समीकरण पूरा भएको हो । मंगलबारको खेलमा हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्‍यो ।

हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोर १४ अंक जोडेर चौंथो स्थानमा रहदै प्ले अफ पुगेको हो ।

हैदराबादसँग पराजित भए पनि मुम्बई शीर्ष स्थानमा यथावत छ । मुम्बईले १४ खेलमा १८ अंक जोड्यो । मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

दिल्ली १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो ।

पहिलो क्वालिफायर बिहीबार दुबईमा हुनेछ । इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ । क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ ।

पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन् ।

दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*