चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

लोकखबर
२७ कार्तिक २०७७, बिहीबार १२:१४

मकवानपुर । कोरोना पुष्टि भएपछि उपचाररत राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।

बैठकपछि उनले ट्वीट गरे, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रीपरिषद्को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’

बुधबार कोरोना पुष्टि भएका केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*