एमाले विभाजन गर्न अध्यादेश ल्याइयो : ओली

लोकखबर
९ भाद्र २०७८, बुधबार १३:१६

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र अहिलेको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा धेरै भिन्नता भएको दाबी गरेका छन्।पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू र शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको उद्देश्य, मनसाय, विधि, प्रक्रिया र नियतमा फरक भएको जिकिर गरेका हुन्। पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले आफूले अध्यादेश ल्याउँदा कुनै पार्टी विशेषलाई फुटाउन नल्याएको तर अहिले एमाले फुटाउनकै लागि अध्यादेश ल्याइएको दाबी गरे।त्यतिबेला पार्टीहरुभित्र असाधारण, असमान्य अवस्था कहीं थिएन। सामान्य विवाद भए पनि कुनै पनि पार्टी फुट उन्मुख थिएनन्,’ ओलीले भने, ‘अहिले एमाले विभाजन गर्नकै लागि राति १२ बजे संसद अधिवेशन अन्त्य गरेर बिहान अध्यादेश ल्याइयो।’अध्यादेश जारी गर्नु आफैंमा असंवैधानिक होइन भन्दै ओलीले संसद अधिवेशन नचलेको बेला, अन्त्य भएका बेला वा संसद विघटन भएको अवस्थामा अध्यादेश आउन सक्ने तर त्यो देश र जनताका लागि हुनुपर्ने ओलीको भनाइ छ।
माधव नेपालसँग सोधेरे २० प्रतिशतको प्रावधान राखिएको भन्दै ओलीले भने, ‘बरु माधव नेपालसँग जति जना सांसद संख्या पुग्छ त्यति भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा उहाँहरु अल्मलिनुभएछ।’अहिले सत्तारुढ दलभित्रै विभाजनको खतरा बढेको भन्दै ओलीले ब्यंग्य गर्दै थपे, ‘माधव नेपालले पार्टी विभाजन गरेपछि अध्यादेश स्वतः रद्ध हुन्छ भनेर उहाँहरुले लेख्न छुटाउनुभएछ।’पत्रकार सम्मेलनमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी छन्। पत्रकार सम्मेलन अहिले चलिरहेको छ।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *