दुर्लभ सालकसहित ६ जना पक्राउ

लोकखबर
२०७८ भाद्र १५, मंगलवार १३:२४

धादिङ । धादिङको गल्छीबाट लोपोन्मुख जीवित सालकसहित ६ जना पक्राउ परेका छन् । झोलामा सालक बोकेर नुवाकोटबाट धादिङको गल्छी हुँदै काठमाडौं लैजाँदै गरेको अवस्थामा गल्छीबाट ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए ।

गोप्य सुचनाको आधारमा गल्छीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ६ जनामध्ये तीनजना धादिङका रहेका छन् ।

पक्राउ परेका सबैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र सालकलाई भने जिल्ला वन कार्यालय धादिङमा बुझाइएको  एसपी खड्काले जानकारी दिए ।
नियन्त्रणमा लिइएको सालकलाई अदालतको निर्णयपछि जङ्गलमा छाडिने जिल्ला वन कार्यालय धादिङका प्रमुख शोभा सुवेदीले जानकारी दिइन् ।

सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने भएकाले नेपालबाट यसको तस्करी हुने गरेको छ ।

वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।न्यूजकारखानाबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको