नेपाल–भारत महिला मैत्री समाजले बाढीपहिरो पीडितलाई बाँड्याे राहत सामग्री

लोकखबर
१६ भाद्र २०७८, बुधबार १५:३४

वीरगञ्ज । नेपाल–भारत महिला मैत्री समाजले पर्साका बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ । बुधबार वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासमा आयोजित एक कार्यक्रममा पर्साका विभिन्न चार स्थानीय तहका करिब एक सय बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री दिइएको  समाजकी अध्यक्ष चन्दा चौधरीले जानकारी दिइन् ।

बाढीपहिरोपीडितलाई सहयोग गरेकोमा चौधरीले धन्यवाद दिँदै नेपाल भारत सम्बन्ध जनस्तरमा कहिल्यै पनि कमजोर नहुने विश्वास व्यक्त गरिन् ।

‘नेपाल भारतको सम्बन्ध दुःखसुखको सम्बन्ध हो । यो राजनीतिकस्तरमा भन्दा कैयौं गुणा जनस्तरमा दुई देशका जनताबीच बलियो छ’, उनले भनिन् ।

पर्साको जनगरनाथपुर गाउँपालिकाका ४१ घरधुरी, जिराभवानी गाउँपालिकाका २४ घरधुरी, वीरगञ्ज महानगरपालिकाका १६ र पर्सागढी नगरपालिकाका १६ बाढीपहिरो पीडित परिवारलाई टेन्ट, सुकुल गरी ३५ लाखभन्दा बढी मूल्य बराबरको सामग्री प्रदान गरिएको छ ।

भारत सरकारको सहयोगबाट प्राप्त राहत सामग्री संघीय सांसद चन्दा चाैधरी, भारत वाणिज्य दूतावासका महावाणिज्य दूत नितेश कुमार, पोलिटिक कन्सुलर शैलेन्द्र कुमार, कन्सुलर शशी भूषणको विशेष उपस्थितमा वितरण गरिएको थियो । न्यूजकारखानाबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*