भालु खोलाले बगाउँदा बालिकाकाे मृत्यु

लोकखबर
२० भाद्र २०७८, आईतवार ११:२५

उदयपुर।  उदयपुरको त्रियुगा नगरपालिका– ७ स्थित भालु खोलामा आएको बाढीले अटोसहित बगाउँदा १३ वर्षीया बालिकाकाे मृत्यु भएकाे छ ।  आइतवार बिहान फसेको अटो निकाल्न गएकी यमकुमार राईको १३ वर्षीया छोरी यसिका राईकाे भालु खोलामा एक्कासि आएको बाढीले बगाउँदा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

भालु खोलामा फसेको आफ्नो प्र. १–०५–००१ ह ०१२७ नम्बरको अटो निकाल्न परिवारसहित गएकी बालिका र अटोलाई माथिबाट एक्कासि आएको बाढीले बगाएको हो ।

बाढीले बगाएको अटोसहित बालिकाको शव फेला परिसकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरासहितको टोलीले खोज तलास गर्ने क्रममा बालिकाको शव घटनास्थलबाट आठ किलोमिटर तल दक्षिण त्रियुगा नगरपालिका– ९ त्रियुगा खोलामा फेला पारेको छ । यस्तै अटो पनि पाँच सय मिटर तल फेला परेको छ । न्यूजकारखानाबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*