एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दाको सुनुवाइ संयुक्त इजलासमा

लोकखबर
२८ भाद्र २०७८, सोमबार ११:१८

मकवानपुर । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेका तीनवटा रिटमध्ये दुई वटाको आज सुनुवाइ हुने भएको छ। दुवै रिट न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा पेशी तोकिएको छ। ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्यहरूलगायतलाई विपक्षी बनाएर १७ भदौमा तीनवटा छुट्टाछुट्टै रिट दायर गरेका थिए। भदौ २२ मा ती रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले एउटा रिटमाथि अन्तरिम आदेश दिन नसकिने र अन्य दुई रिटमा दुवै पक्षलाई बोलाएर छलफल गरेपछि अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने आदेश गरेको थियो।
एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी दर्ता बदर हुनुपर्ने मागसहित दायर गरेको रिटमाथि छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ।
साथै लुम्बिनी प्रदेश सभाका दुई सदस्य विमला वली र अजय शाहीलाई पदमुक्त गरिनुपर्ने पनि उनको माग छ। यी दुवै विषयमाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा सर्वोच्चले आज निर्णय गर्नेछ।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*