महेश आचार्यको देउवालाई सुझाव : देश गम्भीर मुठभेडतर्फ गयो‚ ओलीजस्तो गल्ती नगर्नुस्

लोकखबर
२०७८ भाद्र २८, सोमबार ११:२७

मकवानपुर । नेपाली कांग्रेसका नेता महेश आचार्यले देश गम्भीर मुठभेडतर्फ गइरहेकाले यसलाई रोक्न प्रधानमन्त्री शेबहादुर देउवासँग आग्रह गरेका छन्। उनले मुठभेडबाट रोक्न तत्काल संवाद‚ छलफल सुरु गर्न र निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो गल्ती नगर्न पनि प्रधानमन्त्री देउवाको ध्यानकर्षण गरेका छन्।सम्माननीय प्रधानमन्त्रीज्यू, देश गम्भीर राजनीतिक मुठभेडतर्फ जाँदैछ, यसलाई रोक्न कृपया इमानदार संवाद र छलफल तत्काल प्रारम्भ गर्नुहोस्‚’ नेता आचार्यले सोमबार बिहान समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‚ ‘जस्ता गल्ती पूर्वप्रम ओलीले गर्नुभयो, तिनै गल्ती नदोहोर्‍याउनु होस्।’नेता आचार्यले नेपालको संविधान र संसदीय लोकतन्त्र कम्युनिष्ट नेतृत्व र पार्टीको निशानामा परेको आरोप लगाएका छन्। यस्तै‚ विधिको बेवास्ता र विकृत सत्ता राजनीतिमा कांग्रेसको आचरणले पनि संकट गहिरिँदै गएको औंल्याएका छन्।दिग्भ्रमित कम्युनिष्ट नेतृत्व र पार्टीको निशानामा परेको छ हाम्रो संविधान र संसदीय लोकतन्त्र‚’ उनले उल्लेख गरेका छन्‚ ‘विधिको बेवास्ता र विकृत सत्ता राजनीतिमा हाम्रै आचरणले पनि संकट गहिरिँदै जान सक्छ।’नेता आचार्यले प्रधानमन्त्री संसदको नेता समेत रहेकाले संकटलाई समाधान गर्न प्रतिपक्षसँग संवाद प्रारम्भ गर्ने बताएका छन्। उनले भनेका छन्‚ ‘प्रधानमन्त्रीको भूमिकामा तपाईं संसदको नेता हो, त्यसैले संविधान र संसदीय प्रणालीको मर्यादाको प्रतिरक्षा गर्न प्रतिपक्षसँग संवाद र संवादबाटै परिणाम प्राप्त गर्ने प्रकृयाको प्रारम्भ गर्नुहोस्।’थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको