बाँकेमा बाघले राजमार्गबाटै तानेर लगेका व्यक्तिको शव फेला

लोकखबर
२८ भाद्र २०७८, सोमबार १२:०८

मकवानपुर । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा आइतबार राति बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । राजमार्गको छेउबाटै बाघले ती व्यक्तिलाई झम्टिएर लगेको स्थानीयले भनाइ छ । मृत्यु हुने भारतीय नागरिक हुन् ।बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार पूर्वी गाभरमा बाघ देखेपछि स्थानीयलाई पहिल्यै सतर्क गराइएको थियो । बाघको निगरानी गर्न क्यामेरासमेत राखिएको थियो ।ती व्यक्तिलाई बाघले निकुञ्ज क्षेत्रमै आक्रमण गरेको हो । उनको शव सोमबार बिहान फेला परेको छ । सुस्त मनस्थितिका ती व्यक्ति लामो समयदेखि होटेलमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए । उनलाई स्थानीयले चाचा भनेर बोलाउँथे । बाँकेमा हाल २१ वटा बाघ रहेको निकुञ्जले जनाएको छ ।कान्तिपुर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*