हेटौंडामा कोरोनाको कारण मनहरीका ४५ वर्षीय पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण आज थप एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मनहरी गाउँपािलका वडा नंबर १ का ४५ वर्षीय पुरुष रहेको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।कार्यलयका अनुसार पुरुषमा गएको भदौ २२ गते कोरोना पुष्टि भएको साहि दिन उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।संक्रमित पुरुषको आज बिहान १० बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ । यो संगै कोरोनाबाट मनहरी गाउँपालिका भित्रका मृत्यु हुनेको संख्या १४ पुगेको छ ।जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६४ जनाको मृत्यु भएको छ ।जिल्लामा हाल २ सय ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ सय ४७ जना आफ्नै घरमा र ६ संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरलदे जनाएको छ ।खबरब्रेक डटकमबाट












































