सेनाद्वारा हेटौंडामा १०४ किलो गाँजासहित लामा पक्राउ

लोकखबर
३० भाद्र २०७८, बुधबार १०:१३

मकवानपुर । नेपाली सेनाले मकवानपुर जिल्लाको हाँडीखोलाबाट करीव १०४ किलो लागुऔषध गाँजासहित २८ वर्षीय बुद्धबहादुर ब्लोन लामालाई पक्राउ गरेको छ ।
पक्राउ परेका लामा हेटौडा उप–महानगरपालिका–३ हाँडीखोला निवासी हुन् ।
पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एल।आर।पी। टोलीले लामालाई मंगलबार पक्राउ गरेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा निकुञ्ज कोर ईलाका, भैँसेखोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा सेनाले लामालाई गाँजा १०३।९२ किलो, मोबाइल सेट २ र झाला २ सहित पक्राउ गरेको थियो ।
लामालाई बरादम भएका सामानसहित पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।खबरब्रेक डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*