केन्द्रीय कमिटी बैठकको तयारी, प्रतिवेदन लेख्दै एकीकृत समाजवादीका नेता

लोकखबर
३० भाद्र २०७८, बुधबार १३:४८

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेता आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् । माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीलाई निर्वाचन आयोगले गत भदौ ९ गते मान्यता दिएको थियो । त्यसपछि सो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेलाई बोलाइएको छ ।पार्टी गठनपछि पहिलो बैठक बस्न लागेकाले आन्तरिक तयारीका लागि नेताहरु विभिन्न प्रतिवेदन र प्रस्तावहरू तयार पार्न जुटेका हुन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपाल राजनीतिक प्रतिवेदन तयार गर्न लागेका छन् सांगठनिक प्रतिवेदन सचिवालयका संयोजक डा। बेदुराम भुसालले तयार गरिरहेका छन् । त्यस्तै विधान प्रतिवेदन राजेन्द्र पाण्डे लगायतका नेताहरुले तयार गरिरहेको बताइएको छ ।
‘केन्द्रीय कमिटीको पहिलो बैठकको आन्तरिक तयारीस्वरुप विभिन्न प्रतिवेदन तयार पार्ने काम भइरहेको छ, त्यसमा नेताहरु लागिरहनुभएको छ’, प्रवक्ता जगन्नाथ खतिवडाले भने,‘राजनीतिक, सांगठानिक र विधान प्रतिवेदनसहित केही महत्वपुर्ण प्रस्ताव तयार गरेर स्थायी कमिटीले पारित गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुनेछन् ।’
सो पार्टीका नेताहरुका अनुसार प्रतिवेदन लेखनमा सहजीकरणको काम केन्द्रीय सचिवालयका सदस्यहरुले गरिरहेका छन् ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*