लुम्बिनीका बेग्लाबेग्लै सडक दुर्घटनामा २ जनाको मृत्यु

लोकखबर
३० भाद्र २०७८, बुधबार १३:५५

मकवानपुर । लुम्बिनी प्रदेशका बेग्लाबेग्लै स्थानमा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु भएको हो । प्राप्त सूचनाअनुसार बाँके जिल्लामा बसमा सवार एक यात्रुले झ्यालबाट बाहिर टाउको निकाल्दा पुलको खम्बामा ठोक्किएर उनको मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–४ राप्ती पुलस्थित सडकमा भे १ ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा बसमा सवार गेरुवा गाउँपालिका–१ पाताभारका १५ वर्षीय आदर्श परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुलको खम्बामा ठोक्किएर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतगढी उपमहानगरपालिक–११ मजुवा बस्ने ३० वर्षीय राजु सिंजापतीको रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल भने फरार रहेको र चालकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *