मकवानपुरको भीमफेदीमा पाहा खोज्न गएका दुई युवकको लडेर मृत्यु

लोकखबर
३० भाद्र २०७८, बुधबार १४:४६

मकवानपुर । मकवानपुरको जङ्गलमा पाहा भ्यागुता प्रजातिको जीव खोज्न गएका दुई युवकको लडेर मृत्यु भएको छ । भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङको मंगलबार राति लडेर मृत्यु भएको हो ।
पर्याप्त पाहा पाउने धुन्धुरे खोलाको उचाइबाट चिप्लिएर लड्दा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । धुन्धुरे खोलाको भीरको उचाइ ११० मिटर रहेको बताइएको छ ।
खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल गएको र मुचुल्का उठाउने काम भइरहेका उनले बताए । धुन्धुरे खोलाबाट आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी भइरहेको उनले बताए ।
दीर्घ रोगहरुबाट मुक्त हुन पाहाको शिकार गरी मासु खाने चलन मकवानपुरका पहाडी बस्तीहरूमा छ । कैलाश, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ लगायत गाउँपालिकाहरुमा पाहाको शिकार हुने गरेको छ । रातमा मात्रै आहाराका लागि खोँचहरुबाट निस्कने पाहाको शिकारका लागि मानिसहरु जङ्गल जाने गरेका छन् ।खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*