मकवानपुरमा (एकीकृत समाजवादी) को कार्यालय शुभारम्भ,असोज ९ गते माधव नेपाल हेटौंडा आउने

मकवानपुर । नेकपा ९एकीकृत समाजवादी० मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितल महलचोकस्थित पार्टी कार्यालयको आज विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काट्दै कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल ,उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायतको आतिथ्यता थियो ।
यसैबिच, पार्टी जिल्ला कमिटिको सपथग्रहण आगामी असोज ९ गतेका लागि तय गरिएको छ । उक्त दिन पार्टी नगर कमिटी समेत घोषणाको तयारी रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए ।
उक्त दिन पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा अनेमसंघ, युवासंघ, अनेरास्ववियूको जिल्ला कमिटि घोषणा गरिने तयारी भएको उनले बताए ।खबरब्रेक डटकमबाट