झलनाथ र माधव ठीक ट्र्याकमा हिंड्न जमर्को गर्नुभएको छ, हामीले ठूलो सहयोग गरेका छौं : प्रचण्ड

लोकखबर
२०७८ आश्विन ४, सोमबार ११:३२

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र झलनाथ खनाल ‘ठीक ट्र्याक’मा हिंड्न जमर्को गरिरहेको र आफूहरुले पनि सहयोग गरिरहेको बताएका छन् । तर आफूलाई वैचारिक ठान्ने नेताहरुले केपी शर्मा ओली समक्ष ‘आत्मसमर्पण’ गरेको प्रचण्डले बताए ।
आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूहरुले गरेको ‘मेहनतको फल’ लागेको बताए । प्रचण्डले भने, ‘हामीले धेरै मेहनत पनि गर्यौं । हुन त मेहनतको फल लाग्या पनि छ । अहिले झलनाथ, माधव जस्ता पुराना पिंढीका साथीहरु ठिकै ट्र्याकमा अगाडि बढ्न जमर्को गरि पनि राख्नुभाछ हामीले ठूलो सहयोग गरेका पनि छौं ।’खनाल नेपाल पक्षको एउटा खेमाले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘आत्मसमर्पण’ गरेको प्रचण्डले बताए । उनले थपे, ‘तर, फेरि जसले आफूलाई अलि वैचारिक भन्थे ती मान्छेहरु सबैले आत्मसमर्पण गरे । केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई ।’उनले ओलीलाई जालीझेली र भ्रष्ट भएको आरोप पनि लगाए ।अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको