चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

लोकखबर
४ आश्विन २०७८, सोमबार १३:३५

मकवानपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर चोरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट दोलखा घर भएका २४ वर्षीय तेज बहादुर खड्कालाई पक्राउ गरिएको महाशाखाका एसपी सञ्जीव शर्मा दासले रातोपाटीलाई बताए ।
ट्राफिक प्रहरीले खड्काले चोरेको एउटा स्कुटर र एउटा मोटरसाइकल बरामद गरेको छ । खड्काले लुकाएर राखेको बा। ५६ प ४५४४ नम्बरको डिओ स्कुटर र प्रदेश ३–०२–०१० प ७४४ नम्वरको पल्सर मोटरसाईकल बरामद गरिएको एसपी दासले बताए ।
स्कुटर असोज १ मा ललितपुरको खुमलटारबाट हराएको थियो । वास्तविक नम्बर बागमती प्रदेश०२–०१७प ७८०३ भएको उक्त मोटरसाईकल भदौ ३० मा काँडाघारीमा फेला परेको थियो । सो मोटरसाईकल भोजपुर बोखिम घर भई काँडाघारी बस्ने विशाल तामाङको रहेको थाहा भएको छ ।
आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा पठाइएको एसपी दासले बताए । रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*