चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खोल्ने तयारी

लोकखबर
२०७८ आश्विन ७, बिहीबार ११:३३

मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जले अर्को सातादेखि जिप सफारी खुला गर्ने तयारी गरेको छ ।
कोरोना भाइरसको महामारी र वर्षासमेत कम भएको तथा व्यवसायीहरुले अनुरोध गरेका कारण जीप सफारी खोल्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।अधिकारीका अनुसार असोज १२ गतेसम्म निकुञ्ज भित्र पर्यटकहरुका लागि जिप सफारी खोल्ने गरी तयारी अघि बढाइएको छ । अहिले जिप गुड्ने सडकहरु मर्मत, सुधार र झाडीहरु पन्छाउने काम भैरहेको अधिकारीले जानकारी दिए ।
गत वैशाख तेस्रो साताबाट निकुञ्जमा जिप सफारी बन्द गरिएको थियो । हरेक वर्ष वर्षाका तीन महिना ९असार, साउन र भदौ०मा निकुञ्जले जीप सफारी रोक्दै आएको थियो । जीप सफारी बन्द हुँदा निकुञ्जको राजश्वसमेत घट्दै गएको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जीपमा पर्यटक राख्न व्यवसायीलाई अनुरोध गरिएको अधिकारीले बताए । निकुञ्जले प्रति जीप ५ हजार तथा प्रत्येक नेपाली पर्यटकसँग १५०, सार्क देशका पर्यटकसँग एक हजार र विदेशी पर्यटकसँग दुई हजार प्रवेश शुल्क लिदै आएको छ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२, मेघौलीबाट ४, कसराबाट ६ र अमलटारीबाट ४ वटा जीप जाने गरेका छन् ।
कोरोना भाइरसको महामारीका बीच पनि गत आर्थिक वर्ष ९२ हजार २ सय ९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । गत आर्थिक वर्ष ८९ हजार ६ सय १ नेपाली, १३ सय ६४ सार्क देशका र १२ सय ४४ जना तेस्रो देशका पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
गत आर्थिक वर्ष पर्यटन क्षेत्रबाट मात्रै २ करोड ५५ लाख ३७ हजार ८ सय २८ रुपैयाँ राजश्व संकलन गरेको निकुञ्जले जनाएको छ । अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको