एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक

लोकखबर
२०७८ आश्विन ७, बिहीबार १३:१२

मकवानपुर । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। तुलसीलाल प्रतिष्ठान च्यासलमा भोलि ११ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
यही १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नको लागि बैठक बोलाएको हो। बैठक दुई दिनसम्म चल्नेछ। स्थायी कमिटीको बैठकले तीन वटा प्रतिवेदन केन्द्रीय कमिटीमा लाने निर्णय गरेको थियो। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको