तुलसीपुर नगरसभापतिमा सापकोटा पछि हटे, हमाल र कार्की भिड्दै

लोकखबर
२०७८ आश्विन ७, बिहीबार १५:४१

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा ३ जनाको चर्चा चलेको थियो। तर, यही असोज ९ गते हुने निर्वाचनमा भने अब २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। ती हुन् सुरेश हमाल र अनिल कार्की।
नगरसभापतिको आकांक्षी शोभाकर सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले नगरसभापतिको आकांक्षी सुरेश हमाललाई समर्थन गर्दै आफूले फिर्ता लिएको बताएका छन्।
नेपाली कांग्रेसका अग्रज नेताहरूको अनुरोधमा सापकोटाले आफ्नै समकक्षी हमाललाई समर्थन गर्ने निर्णय गरेको बताए। बिहीबार तुलसीपुरस्थित पार्टीको सचिवालयमा आयोजना गरिएको नगर कमिटीका आकांक्षी सापकोटाको उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै आफू सधैँभरि पार्टीको विधान, विधि र पद्धतिप्रति इमान्दारीसाथ लागि रहेको समेत बताए।उनले भने, ‘ म पार्टीको हरेक निर्णय मान्न तयार छु तर पार्टीमा अनवरत रूपमा लागिपरेपछि क्षमताको कदर हुनुपर्छ भन्ने मेरो मान्यता हो। पार्टीले दिएको सबै प्रकारको जिम्मेवारी बहन गर्न तयार छु।’
त्यस्तै, नगर उपसभापति पदका उम्मेदवार तेजेन्द्र हमालले पनि आफ्नो उम्मेदवारी फिर्ता लिँदै उपसभापति पदका अर्का आकांक्षी विनिल केसीलाई समर्थन गरेका छन्।दाङमा कांग्रेसको चुनावी सरगर्मी स् घोराही र तुलसीपुरमा पाँच जना आकांक्षी
​उम्मेदवार बनेर प्रचार प्रसार सुरु गरेका उपसभापति पदका उम्मेदवार हमालले पार्टीभित्रको आन्तरिक निर्वाचनमा आफूले युवा नेता एवम् तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव समेत रहेका विनिल केसीलाई समर्थन गरेको बताए। तुलसीपुर नगरको निर्वाचनमा ५९६ जना मतदाता रहेका छन्। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको