राष्ट्रसंघीय जलवायु सम्मेलनमा प्रधानमन्त्री देउवाले भाग लिने

लोकखबर
८ आश्विन २०७८, शुक्रबार १४:५२

मकवानपुर । कात्तिक १५ गतेदेखि बेलायतमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप १६०मा प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिने भएको छ ।नेपाल भ्रमणमा आएका कोप२६ का दूत तथा बेलायती कूटनीतिज्ञ केनओ फ्लार्टीले यस्तो जानकारी दिएका हुन् । सम्मेलनमा नेपालको तयारी र भाग लिने डेलिगेसनबारे उनले बिहीबार मुख्य सचिव शंकरदास बैरागीसँग छलफल गरेका थिए ।
मुख्य सचिव बैरागीले उक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्री देउवाले भाग लिने कुराको जानकारी फ्लार्टी र बेलायती राजदूत निकोला पोलिटलाई दिएका थिए । कोप२६ नोभेम्बर १ देखि १२ सम्म बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ । नेपालप्रेस डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*