कांग्रेसले सार्वजनिक गर्यो थप तीन जिल्लाको क्रियाशील सदस्यताको सूची
मकवानपुर । नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। निर्वाचन समितिले कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता सूची वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
लामो समयदेखि विवादित रहेका ती जिल्लामा समितिले विवाद टुंग्याएको हो। सदस्यता सार्वजनिक भएसँगै ती जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्न बाटो खुलेको छ। अब पर्सा, रौतहट, बारा, सप्तरी र रसुवाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ।थाहाखबर डटकमबाट











































