मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

लोकखबर
१३ आश्विन २०७८, बुधबार ११:१२

मकवानपुर । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा बुधबार बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १६ प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् । खबरब्रेक डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*