विदेशीलाई काखी च्यापेर सरकारले केवल व्यवसायीको घाँटी निमोठेको डिस होमका अध्यक्ष आचार्यको भनाइ

लोकखबर
१३ आश्विन २०७८, बुधबार १२:३३

मकवानपुर । डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सरकारले केवल व्यवसायीहरूलाई यसरी नै हस्तक्षेप गर्दै गए घर(घरमा टेलिभिजन च्यानल पुर्‍याउन नसकिने बताएका छन् ।केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा पछिल्लो समयमा विद्युत प्राधिकरणले केवल टिभी व्यसायीलाई ३५० प्रतिशत पोल भाडा वृद्धि गरेकोतर्फ लक्षित गर्दै आचार्यले भने, ‘पछिल्ला समयमा सरकारबाट जुन प्रकारले हस्तक्षेपकारी गतिविधि भइरहेको छ । यसले नेपालको टेलिभिजन व्यवसाय नै धरापमा पर्छ लेखेर राख्नुहोस् ।’सरकारले विदेशीलाई काखी च्याप्ने र नेपाली व्यवसायीलाई घाँटी निमोठ्ने काम गरिरहेको उनको आरोप छ । आचार्यले भने, ‘नेपाली व्यवसायहरूलाई हैरानी दिएर सरकारले विभिन्न माध्यमबाट विदेशी च्यानल खुलम खुल्लारूपमा प्रसारण गर्ने छुट दिइरहेको छ । सरकारले डिजिटाइजेसनको नेतृत्व गर्न सकेन ।’
अर्बौंको जोखिम मोलेर आफूहरूले व्यवसाय संचालन गरे पनि राज्यबाट पटक(पटक उपेक्षा गर्ने काम भएको भन्दै आचार्यले दुस्ख जनाए । डिस होमले मात्रै १० वर्षमा ८ अर्ब राजस्व बुझाएको उनको भनाइ थियो । नेपालप्रेस डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*